MENU

खेल

ujyaalo forign call inside

झापा गोल्डकप पुरस्कार राशीमा वृद्धि

झापा, फागुन १ – झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । 

फागुन १९ गतेबाट हुने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ ।

विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख रुपैयाँबाट बढाएर १२ लाख ५० हजार रुपैयाँ पुर्याएको हो ।

झापा गोल्डकपका आयोजकले पत्रकार सम्मलेन गर्दै पुरस्कार राशी बढाएको बताएको छ । प्रतियोगिताको उप–विजेताले ६ लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगितामा ३ विभागीय टिमसहित १० टिमको सहभागिता रहनेछ । गएको वर्षमा झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । प्रतियोगिताको खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया