MENU

समाज

ujyaalo forign call inside

बसको ठक्करबाट एक जनाको ज्यान गयाे, २ जना गम्भीर घाइते

मोरङ, फागुन १ – सुनसरीको दुहबीमा भएको सावारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने २ जना घइते भएका छन् । इटहरीबाट विराटनगरतर्फं जाँदै गरेको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहबी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै तीन जनालाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट वराहा नगरपालिका ६ का डोगराज रिजालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट घाइते भएका बराहा नगरपालिका ६ का ३० वर्षीय सन्तोष कोइराला र १७ वर्षीय रविन चौधरीको विराटनगरकै गोल्डेन र न्यूरो अस्पतालमा उपचार भैरहेको छ । 

बसको ठक्करबाट घाइते भएपछि तीनैजनालाई अस्पताल लगिएको थियो । रिजालको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  अन्य २ जनाको उपचार भैरहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया