MENU

समाज

ujyaalo forign call inside

​भक्तपुरमा बाघको आक्रमणबाट बालकको मृत्यु

रमेश गिरी/उज्यालो ।

भक्तपुर, फागुन १ – भक्तपुरमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डू पानी ट्याङ्कीमा बाघको आक्रमणबाट  एक बालकको ज्यान गएको छ ।

साेमबार साँझ पसल गएर फकिर्ने क्रममा गुण्डू खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा सिरिश तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेर खाएको प्रहरीले जानकारी दिएको छ ।

पसल गएका बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साँढे १० बजे बालकुमारी सामूदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी दिनुभयो ।

जङ्गलमा बालक खोज्न जाँदा बालकलाई बाघले खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाई छ । 
टाउको छिनेको र दुवै तिघ्रा नभएको अवस्थामा जङ्गलमा बालको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहानको समयमा स्थानीय त्रसित बनेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया