MENU

समाज

ujyaalo forign call inside

​ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (फोटोफिचर)

केशबप्रसाद भट्टराई/उज्यालो ।

ताप्लेजुङ, फागुन १ – हिमाली जिल्ला ताप्लेजुङमा मंगलबारदेखि पर्यटन महोत्सव सुरु भएकाे छ । पर्यटन महोत्सवको भइरहेको ताप्लेजुङमा हिमालयन म्याराथुन प्रतियोगीता पनि सुरु भएको छ । महोत्सवको रुपमा ताप्लेजुङ बेहुलीझैँ सिगारिएको छ ।

महोत्सवको तयारीमा जुटेका जिल्लाबासीले फोहोरले भरिएका खोला खोल्सा पनि सफा गरेर जिल्लालाई सुन्दर बनाएका छन् । घरको पेटी, चोक, सडक पनि कलस, घडा अनि तुल व्यानरले सजाइएको छ ।

जिल्लाको तोक्मे डाडाँ, पुरानो बैंक लाइन, जिमीपोखरी टोल, वीरेन्द्रचोक, नमूना सडक टोल, टुक्रे, क्षेत्रहरु पूरै सिंगारिएका छन् । मंगलबार बिहान महोत्सवको पहिलो दिन कलस यात्रा गरिएको छ ।

तोक्मेबाट सुरु भएको कलस यात्रा तोक्मे डाँडाको किरातेश्वर मन्दिरदेखि, कोप्चे, पुरानो बैंक लाइन, जिमीपोखरी टोल, वीरेन्द्रचोक, नमूना सडक टोल, टुक्रे, हुँदै जिल्लाको सदरमुकाममा छेउ हाङदेवामा रहेको सिद्धिडाँडामा रहेको चण्डेश्वर धाममा पुगेर फर्किएको थियो ।

 

​ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (फोटोफिचर) पर्यटन महोत्सवमा रमाउँदै स्थानीय

​ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (फोटोफिचर) ताप्लेजुङमा पर्यटन महोत्सव

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया