MENU

समाज

ujyaalo forign call inside

पशुपतिमा ‘बाबाजी’का रमिता (भिडियोसहित)

काठमाडौं, फागुन १ – शिवरात्रीको अवसरमा पशुपतिमा साधु सन्तको चहलपहल बढेको छ । मंगलबार शिवरात्री भए पनि केही दिन अघिबाट नै पशुपतिमा चहलपहल सुरु भएको थियो । पशुपति परिसरमा प्रवेश गर्ने वित्तिकै बाबाजीहरुको क्याम्प सुरु हुन्छ ।  

पशुपतिमा विहानैदेखि भक्तजनहरुको भीँड लागेको छ । मृगस्थलीको उकालोमा लस्करै बाबाजीहरुले ‘क्याम्प’ खडा गरेर बसेका छन् । यहाँ साना उमेरका देखि वृद्ध उमेरसम्मका बाबाहरु शिवधुनी जगाएर बसेका छन् ।

चुरोटको ठूटोमा गाँजा भरेर धुँवा उडाइरहेका छन् । उनीहरुकै भाषामा त्यो शिवजीको प्रसाद हो । उनीहरु त्यहाँ आफ्नो व्यापार समेत गरिरहेका छन् ।

त्यहाँ उनीहरु ‘भोजनके लिए २० रुपैयाँ देदे बाबा पशुपतिनाथ तेरा भला करेगा’ भन्दै हात फैलाइरहेका पनि देखिन्छन् । अझ रोचक कुरा त के छ भने केही बाबाहरु भेटीमा बार्गेनीङ गरिरहेका देखिन्छन् । 

भक्तजनको निधारमा खरानीको टीका लगाइदिँदै बाबाजी आशिर्वाद दिन्छन् । अघिल्तिरबाट हिँड्ने भक्तजनलाई आकर्षण गर्न तल्लीन छन् ।  

शिवजी उत्पत्ति भएको रातका नामबाट परिचित यस पर्वलाई भगवान शिवको पूजा आजा गरी मनाइने गरिन्छ । महाशिवरात्रीमा नेपाल तथा भारतबाट साधु सन्तहरु पशुपतिनाथमा भित्रिएका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया