MENU

अर्थ

ujyaalo forign call inside

नुवाकोटमा पनि एनसेलको टावरमा आगजनी

नुवाकोट, फागुन  १ – नचिनेका मानिसहरुको समूहले सोमबार राति नुवाकोटमा एनसेलको टावरमा आगो लगाई ध्वस्त बनाएका छन् । 
 
विदुर नगरपालिका वडा नं. ११ गर्खेुको डाडाँगाउँस्थित एनसेलको रिपिटर टावरमा सोमबार राति ११ बजेतिर नचिनेको समूहले आगो लगाइ ध्वस्त बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट टावर पूर्ण रुपमा ध्वस्त हुनुको साथै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला  प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुंँवरले जानकारी दिनुभयो । 
 
टावरमा रहेको ब्याट्री, जेनेटरलगायत उपकरणमा पेट्रोल छर्केर आगो लगाएका पाइएको प्रहरीले जनाएको छ । बस्तीभन्दा केही माथि डाडाँमा रहेको टावरमा कसले आगो लगायो भन्ने अझै खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको कुँवरले जानकारी दिनुभयो ।
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया