MENU

समाज

Ncell Axiata

महाशिवरात्रीमा डोलेश्वरको चारै ढोका खुल्ला, दर्शनार्थीको भिड

भक्तपुर, फागुन १ – महाशिवरात्री पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिकाको डोलेश्वर महादेव मन्दिरमा विहानैदेखि दर्शनार्थीको भिड लागेको हो । 

डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले मंगलबार विहान ४ बजेदेखि राति १२ बजेसम्म मन्दिरको चारै वटा ढोका खुल्ला गरेर एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरेको समितिका वरिष्ठ उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

भक्तजनका लागि डोलेश्वरकोे पञ्चस्नान गर्न र चारै प्रहर पूजा गर्नका लागि शुल्क तिरेर पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । डोलेश्वरको दर्शन गर्न विहानैदेखि दर्शनार्थीको भिड लागेको छ भने सुरक्षकर्मी र स्वयंसेवकका रुपमा नेपाल स्काउटलाई परिचालन गरिएको छ । साथै मन्दिरमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

 

महाशिवरात्री पर्वका लागि भारतबाट आएका ४ सय नागा बाबा तथा साधुसन्तहरुलाई खाने, बस्ने व्यवस्थाका साथै धूनी बाल्न दाउराको व्यवस्था गरिएको छ । 

आशापुरीमा भव्य मेला 

परापूर्वकालदेखि नै मनको ईच्छा पुरा गर्ने महादेवका रुपमा परीचित सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि मंगलबार दर्शनार्थीको घुइचो लागेको छ । काभ्रेको सिमाना नैचालसँग जोडिएको भक्तपुरको सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव मन्दिरमा रुद्री पाठ र होम गर्नेको समेत भिड लागेको छ । सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरेर व्यबस्थापन गरिएको छ । 

आशापुरीसम्म कालोपत्रे सडकको पहुँच पुगेपछि दर्शनार्थीको भिड बढेको जानकारी दिदै सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किरण थापाले डोलेश्वर आउने भक्तजन आशापुरी जाने र आशापुरी आउने भक्तजन डोलेश्वर आउने भएकाले पनि दुवै मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको जानकारी दिनुभयो । 

कैलाशनाथ महादेवमा पनि भीड 

यता सूर्यविनायक नगरपालिका १० चित्तपोलमा रहेको कैलाशनाथ महादेव मन्दिरमा पनि दर्शनार्थीको विहानैदेखि घुइचो लागेको छ । १ सय ५५ फिड अग्लो महादेवका रुपमा चिनिएको कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै दोहोरो आवागमनको व्यवस्था गरिएको संचालक कमल जैनले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘विगत वर्षमा जस्तै यसवर्ष पनि एक लाख दर्शनार्थी आउने अनुमान गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको छ, विहानैदेखि दर्शनार्थीको भिड लागेको छ । भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका छौँ ।’

तस्विर : रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया