MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​बहिनीले दिएको प्रतिवेदनपछि किम जोङले गरे दक्षिण कोरियाको प्रशंसा

फागुन १ – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग शान्तिपूर्ण वातावरण बनाइराख्ने बताएका छन् । उनको यो भनाइलाई उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले पुष्टि गरेको छ ।

किम जोङ उनले शान्ति पुनस्र्थापनाको लागि दक्षिण कोरियाले गरेको प्रयासको खुलेरै प्रशंसा गरेका छन् । एजेन्सीका अनुसार, दक्षिण कोरियाको भ्रमणबाट फर्किएपछि उत्तर कोरियाली प्रतिनिधिमण्डलले तयार पारेको रिपोर्टलाई हेरेर किम जोङ उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

शीतकालीन ओलम्किमा उत्तर र दक्षिण कोरियाका खेलाडीले एउटै झण्डामा मार्च पास पनि गरेका थिए । ओलम्पिकमा नेता किमकी बहिनीसँगै उत्तर कोरियाका राष्ट्राध्यक्ष किम योङ नाम सहभागीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया