MENU

समाज

ujyaalo forign call inside

नेपाली संघीय समाज युएईमा नयाँ नेतृत्व

युएई, फागुन १ – नेपाली संघीय समाज युएईमा नयाँ नेतृत्व चयन भएको छ । संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन अन्तर्गत युएईमा रहेको संघीय समाजको दुवईमा भएको पाचौं महाधिवेशनले बाबुराम लोप्चनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । 

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा तेज राई, उपाध्यक्षमा अन्चल राई, खस आर्यबाट नवराज घिमिरे र महिलाबाट भवगती चाम्लिङ राई रहनु भएको छ । तराई मधेस कोटाबाट एक जना उपाध्यक्ष भने पछि मनोनित गरिने छ । 

गठित नयाँ कार्यसमितिको महासचिवमा शुशिला पुलामीमगर, सचिव दिलकुमार तामाङ, कोषाध्यक्ष लक्ष्मी ढंगोल, सह कोषाध्यक्ष नरेन्द्र लिम्बु र प्रवक्तामा चुमानसिंह दर्लामी मगर हुनुहुन्छ ।

सदस्यमा शोभा शर्मा, यमलाल तामाङ, उर्मिला गुरुङ, कुनाल लोप्चन, रेशम लामा, शुस्मा श्रीवास्तव, विरेन्द्र राई, रामबहादुर थापामगर र केन्द्रीय प्रतिनिधिमा प्रमोद श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक पासाङ रिन्जी शेर्पाले जानकारी दिनुभयो । 

समाजका निवर्तमान अध्यक्ष हरि घर्तीमगरको सभापतित्व र पार्टीका केन्द्रीय परिषद सदस्य तथा युएई इन्चार्ज डेरराज गुरुङको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि सहभागी थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया