MENU

समाज

Ncell Axiata

इलामका पर्यटन क्षेत्र अब स्थानीय पाठ्यक्रममा

इलाम , फागुन १ – अनौपचारिक शिक्षाको स्थानीय पाठ्यक्रममा इलामको पर्यटन समावेश गरिएको छ । 

चालु आर्थिक वर्षमा सुरू गरिएको उक्त पाठ्यक्रममा अनौपचारिक शिक्षा अन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिक पर्नेछन् । पर्यटन र बजारीकरणलाई बुझ्न इलाम र इलामको पर्यटनको बारेमा स्थानियले जान्न जरुरत भएकाले अनौपचारिक शिक्षामा इलाम र पर्यटन समावेश गरिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले जानकारी दिनुभयो । 

दुई वर्षअघि साक्षर जिल्ला घोषित भएको इलाममा गत वर्षदेखि निरन्तर शिक्षा अन्तर्गत तह दुईको सिकाई सुरु गरिएको छ । पाठ्यक्रममा अन्य विषयबस्तु अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरे अनुसारको भए पनि स्थानीय पाठ्यक्रममा इलामको पर्यटनलाई राखिएको बताइएको छ । 

अधिकारी गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएको थियो । अब यिनै साक्षर जनशक्तिलाई तह दुईको पाठ्यक्रम अनुसार सिकाईने बताइएको छ  । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको छ । दोस्रो चरणको कार्यक्रम सुरु गर्नका लागि अहिले सहजकर्ताहरूलाई तालिम उपलब्ध गराइएको जिल्ला शिक्षा कार्यलय इलामले जानकारी दिएको छ । 

कार्यालयका अनुसार तालिम प्राप्त सहजकर्ताहरूले स्थानीयस्तरमा रहेका सामुदायिक अध्ययन केन्द्रमार्फत प्रौढ शिक्षाकै माध्यमबाट स्थानीय पाठ्यक्रमलाई तह दुईको सिकाई अन्तर्गत पठन पाठन गराइने जनाएको छ । यो तहको पढाइका लागि सरकारले स्थानीय सामुदायिक अध्ययन केन्द्रहरूलाई रकम उपलब्ध गराउनेछ । उक्त रकमले सहजकर्ताको पारिश्रमिक उपलब्ध गराउनेसँगै कक्षा व्यवस्थापन, पुस्तक तथा स्टेशनरी खरिद गरी कार्यक्रम सञ्चालन गरिनेछ  ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया