MENU

समाज

Ncell Axiata

विप्लवका कार्यकर्ताद्धारा २ वटा एनसेल टावरमा क्षति, सेवा अवरुद्ध

दीपक भट्ट/उज्यालो । 

रामेछाप, फागुन १ – नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले रामेछापमा रहेको एनसेलका दुईवटा टावरमा क्षति पुर्याएका छन् । विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान जिल्लाका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वसाधारणहरु मारमा परेका छन् । 
एनसेलले नेपाल सरकरलाई तिर्नुपर्ने कर ४२ अर्ब रुपैयाँ लामो समय वितिसक्दा पनि नबुझाएको भन्दै विप्लवका कार्यकर्ताहरुले रामेछाप नगरपालिका – ६ भालुखोप डाँडामा रहेको रिपिटर टावर र दोरम्वा गाउँपालिका– २ थापागाउँमा रहेको टावरमा क्षति पुरयाएका छन् । 
 
एनसेल कम्पनीलाई पटक–पटक राज्यलाई बुझाउनु पर्ने ४२ अर्ब रुपैयाँ कर वापतको रकम बुझाउन जानकारी गराउँदा समेत कम्पनीले रकम बुझाउन आनाकानी गरेको भन्दै त्यसको विरोध स्वरुप आफ्नो पार्टीले रामेछापलगायत देशभरका ५ सय भन्दा बढी एनसेल टावरमा क्षति पुर्याएको र यो अभियान जारी रहने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जन परिषद रामेछापका प्रमुख विवेक लामाले जानकारी दिनुभयो । 
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया