MENU

समाज

Ncell Axiata

​भोजपुरमा दुई स्काभेटरमा आगजनी

भोजपुर, फागुन १ – जिल्लाको पूर्वी अरुण गाउँपालिकाको लेगुवाको फेदी बजारमा रहेको क्रसर उधोगमा आगजनी भएको छ । 

क्रसर उधोगमा रहेको भिम पौडेलको स्काभेटरमा आगलागी हुँदा पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्काभेटरमा सोमबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पन्जियार थारुले बताउनुभएको छ ।  आगलागी भएको स्काभेटर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

त्यस्तै, भोेजपुरकै पौवादुम्मा गाउँपालिका–१, तिवारीभञ्ज्याङमा सोमबार राति नै कन्काई कन्ट्रसनको स्काईभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै घटना कस्ले घटायो भन्ने पत्ता नलागेकोले घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया