MENU

खेल

Ncell Axiata

फागुन ९ गतेदेखि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने

नवराज पनेरु/उज्यालो ।

कैलाली, फागुन १ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने भएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तीव्र पारिएको छ ।  फागुन ९ देखि १४ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि मूल समिति गठन गरेर काम अगाडि बढाइएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ५ लाख तथा उप–विजेता २ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ् द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरष्कार वितरण गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरिएको छ । 

अहिले मैदान निर्माण र पिच निर्माणको काम भैरहेको र सबै टिमको सहभागिता बारे टुङगो लागिसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा सहभागि हुने ६ टिमलाई २ समूहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालिका बनाइनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया