MENU

समाज

Ncell Axiata

बिहेबाट फर्केका फुयाँलको भिरबाट लडेर ज्यान गयो

भोजपुर, फागुन १ – भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–४, सिद्धेश्वरमा चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षीय पूर्णबहादुर फुयाँलको ज्यान गएको हो ।

फुयाँल माघ २७ गते छिमेकी मोहन रम्तेलको छोरीको बिहे खाएर घर फर्किएको र दुइदिनसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृतक फुयाँलको शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया