MENU

समाज

Ncell Axiata

सुरक्षा घेराका बीच सडक निर्माण

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, फागुन १ – धादिङबेसी तिप्लिङ सडक अन्तर्गत झर्लाङमा सडक खन्ने काममा अवरोध गरेपछि प्रहरीको सुरक्षा घेरामा सडक खन्न थालिएको छ । 

एक महिना अघिदेखि गाउँवासीले सडक खन्नका लागि सडक गाउँबाट लैजानु पर्ने माग गर्दै आएका छन् । तर सडक डिभिजन कार्यालयले नेत्रावती नदी किनारबाट डीपीआर भएकोले त्यही स्थानबाट सडक खन्नु पर्ने भन्दै सडक खन्ने ठेक्का दिइएको थियो । 

आके कन्स्ट्रक्सन ठेकेदार कम्पनीमार्फत काम गर्न सुरु गर्दा गाउँबाट सडक खन्न अवरोध भएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी परिचालन गरी डीपीआर अनुसार नै सडक खन्न थालिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो । 

प्रहरी परिचालन गरेर जबरजस्ती सडक खन्न थालेको भन्दै खनीयाबास गाउँपालिका वडा नं २ झर्लाङमा सडक खन्न अवरोध गर्नेलाई प्रहरीले पक्राउ गरी मंगलबार  सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको छ । 

सोमबार सडक खन्ने क्रममा गाउँले र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका – १  का ३४ वर्षीय दिनेश तामाङ, वडा नम्बर २ का २३ वर्षीय सुरेश तामाङ, १८ वर्षीय टेकबहादुर तामाङ, २४ वर्षीय सूर्यबहादुर तामाङ र २१ वर्षीय सुके गुरुङ रहेका छन् । 

सोमबार झर्लाङबाट पक्राउ गरिएका ५ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो । 

धादिङबेसी तिप्लिङ सडकमा डुण्डुरेदेखि तिप्लिङसम्म २२ करोडको लागतमा  २९ किलोमिटर सडक खन्न आर के कन्सट्रक्सनमार्फत काम हुँदै आएको छ । एक महिना अघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानु पर्ने माग गर्दै आएका छन् । 

गाउँहरुबाट लाने भन्ने गाउँबासीको माग र डीपीआर गरिएको स्थानबाटै सडक खन्नु पर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकोले सडक खन्नको लागि विवाद आएको र गाउँबासीको भनाइनुसार गाउँबाटै सडक खन्नु पर्ने झर्लाङ निवासी मंग तामाङले बताउनुभयो । 

दुइवर्ष अघि निर्माण गर्नु पर्ने डुण्डुरे खोलाको पुल र लपाङफेदी र दार्खाफेदीको पुलसमेत निर्माण भएको छैन । २०५४ देखि सडक खन्न सुरु गरिएको भए पनि यसक्षेत्रमा सडक खन्न पटक–पटक भएको अवरोध, चन्दा आतंक जस्ता कारणले निर्माण सहज भएको थिएन । 

विकासमा बाधा पुर्याउनेलाई कारवाही गरिने भएकोले गाउँ–गाउँमा सडक लैजाने काम स्थानीय तहको सरकारले गर्नु पर्ने र ठूलो सडक बनाउँदा डीपीआर भएको स्थानबाटै खन्नु पर्ने सडक डिभिजन कार्यालयको भनाइ छ । गाउँबासी सडक डिभिजन कार्यालयले गुपचुपमा डीपीआर तयार गरेको र आफूहरु सडक गाउँबाटै लैजानु पर्ने भन्नेमा दृढ रहेको बताउँछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया