MENU

खेल

Ncell Axiata

साफका गोल्ड मेडल खेलाडीलाई मासिक १० हजार दिइने

नेत्र शाही/उज्यालो । 

जुम्ला, फागुन १ – आउँदो आर्थिक वर्षबाट दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ गेम गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई मासिक १० हजार रुपैयाँ दिइने भएको छ । 

खेलाडीलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ मासिक दिइने भएको सदस्य सचिव केशवबहादुर विष्टले जानकारी दिनुभयो । यसैगरी रजतलाई ५ हजार रुपैयाँ र कास्य पदकलाई ३ हजार रुपैयाँ मासिक उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । 

दुर्गम क्षेत्रमा खेलकुद क्षेत्रको अवस्था अवलोकन गर्न जुम्ला आईपुग्नुभएका बिष्टले गोल्ड मेडल खेलाडिलाई मासिक ५ हजार रुपैयाँ दिइँदै आएको रकम बढाएर १० हजार पुर्याएको बताउनुभयो । 
साफ गेम  सन २०१९ मार्चमा नेपालमा हुने भएकाले आवश्यक पूर्वाधारहरु समेत तयारी भइरहेको बताइएको  छ । यसैगरी एसियन खेलकुद प्रतियोगितामा गोल्ड मेडल ल्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप  २० हजार रुपैयाँ, रजतलाई  १५ हजार रुपैयाँ र काश्यलाई १० हजार रुपैयाँ पुर्याइने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक २ वर्षमा समयमै हुनुपर्ने गरी प्रस्ताव हुने समेत बताउनुभयो ।

सात शहर स्पोर्ट सिटी  

मुलुकका ७ शहर स्पोर्ट सिटीको रुपमा अघि बढाइने भएको छ । संघीय स्वरुप अनुसार प्रत्येक प्रदेशका १–१ गरी ७ शहरलाई स्पोटसिटी बनाइने अवधारणा समेत अगाडि बढाइएको बताउनुभयो । यसका लागि परिषदले सम्भाव्यता अध्ययन समेत गरिरहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पहिलो चरणमा नमूनाको रुपमा प्रदेश १ को विराटनगर, प्रदेश ३ को पोखरा र प्रदेश ५ को तुल्सिपुरमा अध्ययन भइरहेको जानकारी दिनुभयो । 

यसै गरी जुम्लालाई हिमाली क्षेत्रको खेलकुद हबको रुपमा अघि बढाउन आगामी योजनामा प्रथामिकताका साथ योजना बनाईने प्रतिवद्धता समेत गर्नुभएको छ । उहाँले खेलकुद क्षेत्रको भौतिक पूर्वाधारमा जुम्ला निकै पछाडि देखिएकाले  रंगशाला र बहुउद्देश्यीउ कबर्ड हललाई बनाउन प्रथामिकता हुने बताउनुभयो । 

सदस्य सचिव विष्टले सरकारले खेलकुद क्षेत्रमा हेर्ने नजर राम्रो नभएकाले अव देशको अर्थतन्त्र बलियो बनाउन, स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य भएको भन्दै त्यो धारणा केन्द्रदेखि स्थानीय सरकारले प्रथामिकता दिनुपर्ने बताउनुभयो । 

अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘खेल क्षेत्रका महिलाहरु कम हिंसामा पर्ने भएकाले सबैलाई स्वयम् सुरक्षित हुन ढुक्क बनाउने क्षेत्र खेलकुद भएकाले महिलाहरुलाई खेल क्षेत्रमा अघि बढाउन आवश्यक रहेको छ । यसका लागि राष्ट्रपति महिला खेलकुद कार्यक्रम पनि शुरु भएको बताउनुभयो ।’
  
‘गिनिज बुक अफ् द वल्र्ड रेकर्ड’ र म्याराथुन धावक हरिबहादुर रोकायाले जुम्लामा व्यवस्थित रंगशाला र हाईअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना भएमा मुलुकको आर्थिक समृद्धि जुम्लाबाटै सुरु गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशीहरु पनि यहाँ आएर डलर तिरेर दौडको तालिम लिन्छन् ।’ 

जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यवाहक अध्यक्ष रोशन श्रेष्ठले यहाँको खेलक्षेत्रको ईच्छा शक्तिलाई पूरा गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया