MENU

समाज

Ncell Axiata

ताते मुख्यमन्त्री डोरमणि, कार्यभार सम्हालेको दोस्रो दिनमै नारायणगढ–मुग्लिन सडकखण्डमा

मकवानपुर, फागुन १ –तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार पद तथा गोपनियताको शपथ खाएलगत्तै आफ्नो काम सुरु गर्नुभएको छ ।कुराभन्दा पनि काममा विश्वास गर्ने भन्दै पौडेलले मंगलबार नारायणगढ–मुिग्लन सडकखण्डको निरीक्षण गर्नुभएको छ । सोमबार मात्र शपथ ग्रहण लगत्तै उहाँले तीन नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने भनेर प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । 

लामो समयदेखि निर्माणको काम सुरु गर पनि अझै काम नसकिएपछि यस सडकको निरीक्षण गरेर छिटो काम सक्नका लागि यस आयोजनाका प्रमुख तथा प्राविधकिहरुलाई निर्देशन दिनुभएको छ । लाखाँै नागरिक हिँड्ने र सामान ढुवानी गर्ने यस सडकको काम छिटो सक्नका लागि निर्देशन दिनुभयो । यो सडक निर्माणको काम दुई वर्षभित्र सक्नका लागि यस अघिको वैशाख महिनामा नै सक्नुपथ्र्यो । तर अहिलेसम्म पनि नसकेकाले जनताको समस्या बुझेर काम गर्नका लागि आयोजनाका निमित्त प्रमुख गोविन्द खनाललाई निर्देशन दिनुभयो । 

अहिलेसम्म यस आयोजनाको काम भने ७५ प्रतिशत मात्र सकिएको छ । अरु काम बाँकी नै रहेको छ । हरेक दिन यस सडकखण्डबाट यात्रुहरु जाममा बसेर मात्र यात्रा गर्नुपर्ने, दिउँसो आयोजनाको काम बन्द हुने लगायतका समस्याहरु रहेका छन् । आम नागरिकको हितका लागि काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो । 

हेटौंडाको दुईपटक मेयर बन्दा नमुना काम गरेर चर्चामा आउनुभएका मुख्यमन्त्री पौडेलले हरेक काम दु्रत गतिमा अगाडि बढाउने बताउनुभएको छ । यस अगाडि मुख्यमन्त्री डोरमणि पौडेलले दासढुङगामा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया