MENU

खेल

ujyaalo forign call inside

नेपाल डिभिजन टूको तेश्रो स्थानमा, भोलि क्यानडालाई हराउनै पर्ने दवाव

काठमाडौं, फागुन १ – नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । 

मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो । समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।

 

शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ । बुधबारको खेल जित्न नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया