MENU

विचार/अनुभूति

Ncell Axiata

जनयुद्व दिवस : पार्टी छिन्नभिन्न, कार्यकर्ता खिन्न !

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, फागुन १ – आज जनयुद्व दिवस विभिन्न पार्टीमा विभक्त माओवादीहरुले आफ्ना आफ्नै ढंगले कार्यक्रम गरेर मनाएका छन् । कुनै समय काठमाडौंको खुला मञ्चमा लाखौ कार्यक्रता उतारेर कार्यक्रम गर्ने माओवादी आज विभक्त भएर पार्टी कार्यालयमा कार्यक्रम गर्न वाध्य भएको छ ।

लामो संघर्ष र १० वर्षे जनयुद्वमा सँगसँगै रहेका माओवादी आजको दिनसम्म आउँदा फुटेर टुक्राटुक्रा भएका छन् । माओवादीमा आएको फुटले १० वर्षे युद्वमा समाहित भएका माओवादी कार्यकर्ता भने निराश देखिन्छन । 

माओवादी केन्द्रले वाइसियलको सक्रियतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्व दिवसको कार्यक्रम गर्दा माओवादीका अर्को समूह सम्हालेर बसेका मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीले भने काठमाडौंको राष्ट्रियसभा गृहमा कार्यक्रम गरेको थियो ।

माओवादी जनयुद्वका अर्का नेता बाबुराम भट्टराई तथा नयाँ शक्ति पार्टीले भने जनयुद्व दिवसमा कही कतै कार्यक्रम गरेनन् ।  बाबुराम भट्टराई त अब सिद्धान्तमै पनि कम्युनिष्ट नभएको बताउँछन् ।

माओवादी जनयुद्वका अर्का योद्वाले नेतृत्व गरेको विप्लव माओवादीले पनि जनयुद्व दिवसमा कार्यक्रम गरेन । बरु आज विप्लवले नेतृत्व गरेको समूहले ठाउँ–ठाउँमा एनसेलको टावरमा आगजनी गरेको समाचार आइरहेका छन् । नयाँ विद्रोह गर्ने बताइरहेको विप्लव समूहले कस्तो क्रान्ति गर्ने हो त्यो भने स्पष्ट रुपमा बताएको छ्रैन । 

जनयुद्व, जनआन्दोलन, शान्तिसम्झौता हुँदै राजनीतिमा आएको माओवादीको बलले गर्दा नेपालमा गणतन्त्र आउन सम्भव भयो । नेपालमा गणतन्त्र ल्याउन र राजतन्त्रलाई बिदाई गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादीको सम्मान स्वरुप ०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी भएको थियो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री १० वर्षे जनयुद्वको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड नै हुनुभयो । त्यसपछि माओवादीमा खटपट सुरु भएको थियो । 

तत्कालिन माओवादी नेता मोहन वैद्यले माउ पार्टीलाइ विभाजन गरेर नेपाल कम्यूनिष्ट पार्टी, माओवादीको स्थापना गर्नुभयो । त्यो पार्टीको नेतृत्व मोहन वैद्यले गर्नुभयो । वैद्य पक्षले प्रचण्डको नेतृत्व जनविरोधी, दक्षिणपन्थी भएको ठहर गर्दै नयाँ पार्टी  गठन गरेको थियो । शान्ति प्रक्रियामा आएर कुनै उपलब्धि नभएको भन्दै उनीहरुले जनविद्रोहको कार्यदिशामा अघि बढ्ने निर्णय गरेका थिए । 

माओवादी फुटको प्रभाव  दोस्रो संविधानसभा चुनावमा स्पष्ट देखियो । पहिलो चुनावमा झन्डै बहुमतको नजिक पुगेर पहिलो पार्टी भएको माओवादी ५ वर्षपछि भएको दोस्रो संविधानसभा चुनावमा तेस्रो पार्टीमा खुम्चिन पुग्यो । 

दोस्रो संविधानसभा चुनावले नेपालमा संविधान निर्माण गर्यो । नेपालको संविधानप्रति असन्तुष्टि देखाउदै माओवादीका नेता बाबुराम भट्टराइले पनि माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गर्नुभयो । उहाँले कम्यूनिष्ट सिद्धान्त नै त्यागेर प्रजातान्त्रिक बाटोमा लाग्ने समेत भन्न भ्याउनुभयो । 

माओवादीको अर्को टुक्रा नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । माउ पार्टी आफ्नो सिद्धान्त नै भूलेर गलत बाटोमा हिँडेको भन्दै विप्लवको नेतृत्वमा माओवादी अर्को फुटमा गयो । 

सशस्त्र जनयुद्वको सुरुवात भएको दिनको सभ्झनामा मनाइने जनयुद्व दिवसमा माओवादीले आफ्नो युद्वमा सहादत प्राप्त गरेका योद्वालाई सम्झने गर्दछ । शान्ति प्रकृयामा आउँदा लाखौँ कार्यक्रता खुला मञ्चमा उतारेर मनाउने जनयुद्व दिवस सयौ कार्यक्रताको माझ पार्टी कार्यालयमा मनाउनु पर्दा माओवादीका नेतालाई कस्तो अनुभूति हुन्छ होला ? तर ज्यानको बाजी दिएर परिवर्तनका लागि लडेका माओवादी कार्यक्रता भने एउटै युद्वमा समाहित नेता फरकफरक कार्यक्रम गरेर एकअर्का विरुद्व खनिँदा मन खिन्न बनाएका छन् । 

२३ औं जनयुद्व दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले  पार्टीको कार्यदिशामा मन नपराएर अर्कै पार्टी खोलेको पूर्व सहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई रहरले क्रान्ति नहुने बताइरहँदा वैद्यले भने युद्वबाट नै नेपालमा परिवर्तन सम्भव रहेको र माओवादी केन्द आफ्नो सिद्धान्तबाट बाहिर गएको बताउनुभयो । माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले ‘विप्लव’ र ‘वैद्य’लाई निकै कटा्क्ष गर्नुभएको थियो । 

आज संयोग यस्तो पनि परेको छ कि सेना दिवस र जनयुद्ध दिवस एकै दिन । पहिले एक अर्का विरुद्ध लडेका नेपाली सेना र तत्कालीन माओवादी सेनाले आज सँगै सेना दिवस मनाएका छन् । नेपाली सेनामा समायोजन भएको माओवादीको सानै समूहले भए पनि सेना दिवस मनाएको छ । 

लामो समय एउटै पार्टीमा रहेर नेपालको परिवर्तनलाई संस्थागत गर्न सफल भएको माओवादीले जनयुद्व दिवसलाई प्राथमिकता नदिएको कार्यक्रताले आरोप लगाइरहदा फूट भएका माओवादी नेता भने एकअर्का प्रति कटा्क्षमा नै रमाए । खुला मञ्चको कार्यक्रम पार्टी कार्यालयमा लगेर मनाउदा माओवादीको युद्वलाई आफ्नो ज्यान आहुती दिएका र दिन तयार भएर जनयुद्वमा सहभागी भएका कार्यक्रता भने निराश भएर कटा्क्ष सुन्न बाध्य भएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रचण्डलाई सजिलै मिल्ला र एकीकृत पार्टीको अध्यक्ष पद !

    माओवादीमा ४७ सालपछि आएका नेता कार्यकर्ता धेरै छन् भने एमालेमा प्रचण्ड भन्दा पनि पाका, धेरै योगदान गरेका पुराना नेता कार्यकर्ताको संख्या ठूलो छ । प्रचण्डले उनीहरुको योगदानको मूल्यांकन गर्नेछन् भन्ने आधार के हुन्छ भन्ने निश्चित नभै एमालेको ठूूलो पंक्तिले प्रचण्डलाई सहज हिसावले स्वीकार्न कठिन छ ।

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया