MENU

खेल

ujyaalo forign call inside

​प्रि–क्वार्टरफाइनलामा म्यान्चेष्टर सिटीको फराकिलो जित

फागुन २ – च्याम्पियन्स लिग अन्तर्गत प्रि–​प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा इंग्लिस प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटीले बासेललाई ४¬–० गोलले हराउँदै फराकिलो जित निकालेको छ ।

मंगलबार राति बासेलमा भएको खेलमा सिटीले बासेललाई हराउँदै क्वाटरफाइनलको यात्रा सहज बनाएको हो । म्यान्चेष्टर सिटीको जितमा इल्के गुुन्डोगानले २ गोल गरे ।

सिटीले बासेललाइ उसकै घरेलु मैदानमा ४–० ले स्तब्ध बनाएको हो । १४ औं मिनेटमा केभिन डिब्रुुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बर्नाडो सिल्भाले सिटीको खातामा गोल थपे ।

२३औं मिनेटमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले पहिलो हाफ अघि ३–० को अग्रता बनायो । ५३ औं मिनेटमा गुुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । बाँकी समयमा थप गोल नहुँदा सिटीले ४–० को जितका साथ अन्तिम आठको बाटो सहज बनायो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया