MENU

खेल

ujyaalo forign call inside

​हिग्वेन ह्याट्रिकबाट चुक्दा युभेन्टस बराबरीमा

फागुन २ – च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टर फाइनलको पहिलो लिगमा युभेन्टस इंग्लिस कलब टोटनह्याम हट्स्पुरसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिग्वेनले एउटा पेनाल्टी सदुपयोग गर्न नसक्दा ह्याट्रिकबाट मात्र चुकेनन्, युभेन्टसको सम्भावित जित पनि हातबाट फुत्कियो ।
२–० ले पछि परेको अवस्थामा टोटनह्यामका ह्यारी केन र क्रिष्टियन इरिक्सनले गोल गर्दै युभेन्टसलाई अंक बाँढ्न बाध्य बनाएका थिए ।

घरेलु मैदानमा युभेटसले दोस्रो मिनेटमा नै अग्रता लियो । मिरालेम जानिकले पास दिएको बलबाट हिग्वेनले युभेन्टसका लागि पहिलो गोल गरे । आठौं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बेन डेविसले फेड्रिको फर्नान्डेजलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाइ हिग्वेनले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुवाती २ गोलमा अग्रता दिलाए ।

३५ औं मिनेटमा ह्यारी केनले उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा युभेन्टसले अर्को पेनाल्टी पायो । २ गोल गरिसकेको हिग्वेनले ह्याट्रिकका लागि प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेपछि गोल हुन सकेन ।

७२ औं मिनेटमा क्रिष्टियन इरिक्सनले फ्रि–किकलाई गोलमा परिणत गरेपछि टोटनह्यामले युभेन्टसलाई बराबरीमा रोक्न सफल भयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया