MENU

राजनीति

Ncell Axiata

राजपाले समानुपातिक सूची सच्यायो

काठमाडौं, फागुन २ – राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ ।
 
सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
 
राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो । 
 
आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।
–रासस
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया