MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

नेतान्याहु विरुद्ध भष्ट्राचारको मुद्धा चलाउन प्रहरीकाे सिफारिश

फागुन २ – इजरायली प्रहरीले  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई घुस लिएको तथा भष्ट्राचार गरेका मुद्धामा सजाय हुने बताएका छन् । प्रहरीले नेतान्याहुले भष्ट्राचार र घुस लिएका थुप्रै प्रमाणहरु रहेको जनाएको छ ।

तर, नेतान्याहुले आफूलाई लगाइएको अभियोग आधारहिन रहेको बताएका छन् । उनले इजरायली टेलिभिजनामा बोल्दै आधारहिन अभियोगबाट आफू प्रधानमन्त्री पद नछाड्ने बताएका हुन् । उनले आफूलाई लगाइएको अभियोग केही नभइ टुङ्गिने बताएका छन् ।

तर उनले आफ्नोबारेमा सकारात्मक समाचार प्रवाह गर्न इजरायली पत्रिकालाई अनुरोध गरेको आरोप लागेको छ । उनलाई सन् २००९ देखि करोडौंको उपहार लिएको पनि आरोप लागेको छ । अष्ट्रेलियन खर्बपति जेम्स प्याकरको मुद्धामा पनि नेतान्याहुको सम्लग्नता रहेको प्रहरीको दावी छ ।

प्रहरीले उनी विरुद्ध मुद्धा चलाइने बताएका छन् । प्रहरीले गएको राति नेतान्याहुमाथि मुद्धा चलाउन महान्यायधिवक्तालाई सिफारिश गरेका छन् । उनको मुद्धा हेर्न महान्यायधिवक्तालाई महिनौं लाग्ने बताइएको छ ।

सन् २०१९मा इजरायलमा चुनाव हुँदैछ तर नेतान्याहुले टेलिभिजन कार्यक्रममा अहिलेको अभियोगले चुनावमा केही फरक नपार्ने बताएको बीबीसीले जनाएको छ ।
६८ वर्षका नेतान्याहुले धेरै पटक अभियोगको सामना गरिसकेका छन् । दुई दशकअघि नेतान्याहु र उनकी श्रीमतीलाई उपहार लिएको आरोपमा लगाइएको अभियोग अन्तमा खारेज भएको थियो ।

सन् २०१५ मा पनि उनीहरुलाई नीजी कामको लागि सरकारी सेवा लिएको अभियोग लागेको थियो तर त्यो अभियोग पछि खारेज भएको बीबीसीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया