MENU

खेल

ujyaalo forign call inside

डिभिजन टू : नेपाललार्इ क्यानडाविरुद्धकाे खेल जित्नै पर्ने दवाव

फागुन २ – नेपालले विश्व क्रिकेट लिग डिभिजन टू को निर्णायक खेलमा बुधबार क्यानडासँग खेल्दैछ ।

एक दिवसीय विश्वकप छनौटमा स्थान बनाउनका लागि नेपालले बुधबार क्यानडालाई पराजित गर्नुपर्ने दवाव छ । खेल नेपाली समयअनुसार सवा १ बजे हुँदैछ । शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले क्यानडालाई हराउनै पर्ने दवाव बढेको हो ।

मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोस्रो स्थानमा उक्लिएपछि नेपाल तेस्रोमा झरेको छ । समान ४ खेल खेल्दै ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।

नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । बुधबार खेल जित्न नसके नेपाल डिभिजन टू मै रहने छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया