MENU

समाज

Ncell Axiata

पूर्ण उपचार पाउँदैनन् अपांग बालबालिका

डीबी विष्ट/उज्यालो।

बझाङ, फागुन २ – पूर्ण समय उपचार नगराएका काराण बालबालिकाको अपांग बालबालिकाको उपचारमा समस्या देखिएको छ । डाक्टरको सल्लाह अनुसार उपचार नगराउदा बालबालिकाले अपांग भएरै बस्नुपर्ने बाध्यता छ ।

जयपृथ्वी नगरपालिका–९, सेलाखेतकी १४ वर्षीय अञ्जना धामीको ओठ र तालु फाटेको थियो । युएमएनको आर्थीक सहयोग र स्थानिय गैरसरकारी संस्था प्रगतिशिल युवा समाजको सहयोगमा अञ्जनाको वि.स. २०७० पुस महिनामा काठमाडौंमा डेढ  महिना लगाएर निशुल्क शल्यक्रिया गरियो । 

शल्यक्रियापछि आवाज सम्बन्धी उपचार गर्न भ्वाइस थेरापी गर्नु पर्ने थियो । त्यसका लागि थप १५ दिन लाग्ने चिकित्सको सुझाव थियो तर उनका पिताले अञ्जनालाई भ्वाइस थेरापी नै नगरी घर ल्याए । 

८ कक्षामा पढ्दै गरेकी अञ्जनाको अनुहारमा सुन्दरता आए पनि बोली भने स्पष्ट छैन । बोली स्पष्ट नभएका कारण सबैसँग बोल्न असहज हुने अञ्जनाले बताइन् ।

उपचार सम्भव हुने अपांगता भएका २ देखि १८ वर्षसम्मका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको प्रगतिशिल युवा समाजका संयोजक लवराज जोशी भन्नुहुन्छ, ‘उपचार खर्च मात्र होइन, कुरुवाको पनि सम्पूर्ण खर्च संस्थाले व्यहोरेको हुन्छ तर पनि पूरा अस्पतालमा अभिभावक बस्न मान्दैनन ।’

घरायसी कामको कारण आधा उपचार गरेर फर्किने र घरमा आएर पनि नियमित थेरापीको अभ्यास नगराउने भएका कारण निको भैसकेका बिरामी पनि पहिलेकै अवस्थामा फर्किने गरेका जोशीले बताउनुभयो ।

‘अपांगको उपचारमा धेरैै वेवास्ता हुने गरेको छ’, युएमएनका कार्यक्रम संयोजक कविता गरुङले भन्नुभयो, ‘फलो अप गर्नु पर्नेहरुलाई फोन गरेर घरमै गएर सम्झाए पछि पनि उपचार गर्न आनाकानी गर्छन ।’ 

चिकित्सकको सल्लाह बमोजिम नियमित उपचार गरेका कतिपयले भने नयाँ जिवन नै पाएका छन् । थलारा गाउँपालिकाकी चन्द्रावती जोशीको सानामा हात चल्दैन थिए । यस्तो समस्याको उपचार हुन्छ भन्ने थाहा पाएपछि उनका पिताले प्रगतिशिल युवा समाजकै सहयोगमा छोरीको उपचार गराउनुभयो । शल्यक्रिया र लामो थेरापीपछि उनका हात चले । अहिले उनी कक्षा ७ मा पढिरहेकी छिन् । 

पूरा समय उपचार गरेका कारण आफ्नो नातीको उल्टो फर्किएको खुट्टा सुल्टो भएको दुर्गाथली गाउँपालिकाकी पारु जप्रेलले बताउनुभयो ।

राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार बझाङमा ५ हजार २ सय ८ जना अपांगता भएका व्यक्ति छन् । यि मध्ये धेरै जसो उपचार सम्भव हुने खालका अपांगता भए पनि उपचारमा परिवारले नै चासो नदिने गरेको जिल्ला अपांग सञ्जालका उपाध्यक्ष ब्रह्मदत्त जोशी बताउनुहुन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया