MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​पैसा नतिरेको भन्दै अस्पतालले राखेको बच्चा आमालाई फिर्ता

फागुन २ – अफ्रिकाको ग्वावोन देशमा एक नीजी क्लीनिकले आफ्नो बच्चा फिर्ता गरेको भन्दै एक महिलाले खुशी भएकी छिन् ।

बच्चा जन्माउन अस्पताल गएकी ती आमाले अस्पतालको फि तिर्न नसक्दा बच्चालाई अस्पतालले नै राखेको थियो । अस्पतालले उनलाई पैसा तिरेपछि मात्र बच्चा लैजानन दिने बताएको थियो । तर उनीसँग पैसा नभएकाले बच्चा आफूसँगै लैजान पाएकी थिइनन् ।

उनले अस्पतालमा ३५ दिन बिताउँदा उनको खर्च त्यहाँको २ मिलियनभन्दा बढी भएको भनेपछि उनी बच्चा छोड्न बाध्य भएकी हुन् । बच्चा क्लीनिकबाट निकाल्न उनलाई सर्वसाधरणले अभियान नै बनाएर सहयोग गरेका थिए ।

अभियानबाट उठेको ३ हजार ६ सय ३० अमेरिकी डलर क्लीनिकलाई तिरेर उनले बच्चा फिर्ता पाएकी हुन् । उनका लागि सबैभन्दा धेरै सहयोग त्यहाँका राष्ट्रपति अलि बोङ्गोले गरेका छन् । एञ्जेल नाम गरेको बच्चाकी आमा सोनिया ओकोमेले आफूलाई बच्चाबाट ५ महिनाभन्दा बढी छुटाइएकाले आफूले बच्चालाई स्तनपान गर्न नसक्ने बताएकी छिन् ।

गएको सोमबार उक्त नीजी क्लीनिको मालिकलाई बच्चा अपहरण गरेको भन्दै पक्राउ गरिएको बीबीसीले जनाएको छ । क्लीनिकले गएको हप्ता बच्चा एञ्जेललाई लैजान स्वीकृति दिएको थियो ।

बच्चाकी आमा सोनिया ओकोमेले आफूले बच्चा पाएकोमा खुशी व्यक्त त गरेकी छिन् तर उनले बच्चालाई स्तनपान गराउन नसक्ने भएकोमा दुख पनि व्यक्त गरेकी छिन् । उनले क्लीनिकले बच्चालाई कुनै पनि भ्याक्सिन नदिएकोमा पनि दुखी भएको बताएकी छिन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया