MENU

समाज

Ncell Axiata

टाउकोबाट रगत बगेको अवस्थामा एक व्यक्ति अचेत अवस्थामा फेला

धनुषा, फाल्गुन २ – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक व्यक्ति अचेत अवस्थामा फेला परेका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका–५, बस्ने ४० वर्षका मनोज झा बुधबार बिहान साढे ५ बजे महेन्द्रनगरको सडकमै टाउकोबाट रगत बगेर अचेत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेर रगत आएको अवस्थामा सडकमै लडेका झालाई स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई खबर गरेका थिए ।

बोल्न समेत नसक्ने अवस्थामा फेला परेका झालाई प्रहरीले उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया