MENU

समाज

ujyaalo forign call inside

बजार नपाएपछि सिंगो समुदायले नै बाँसका सामग्री बनाउन छाडे

फागुन २ – पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री बिक्रिमा समस्या भएपछि यो पेसाबाट विस्थापित भएका हुन् ।

बजारको उचित व्यवस्था नहुँदा सिंगो समुदायले नै बाँसका सामग्री बनाउन छाडेको स्थानीय पदम विश्वकर्माले बताउनुभयो । ‘बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन,’ ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोख्नुभयो ।

बाँसका सुपो (नाङ्लो), डाला, मान्द्रालगायत सामग्री बुन्दै आएपनि बजारको समस्या भएको उहाँले बताउनुभयो । ‘छोराछोरी यही पेशामा काम गरी हुर्काइयो, अहिले महिनाको १५ हजार रुपैयाँ कमाउन पनि धेरै ठाउँ डुल्न पर्छ । त्यो पनि ठेगान हुँदैन,’ रनवीरले बताउनुभयो ।

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन थालेकाले पनि बाँसबाट बनेका सामान बिक्रिमा समस्या भएको स्थानीय बताउछन् । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया