MENU

समाज

ujyaalo forign call inside

प्रथम शहीद लखन थापाको स्मृति दिवस मनाइँदै

किरण लोहनी/उज्यालो ।

गोरखा, फागुन २ – बुधबार नेपालका प्रथम शहीद लखन थापाको १ सय ४१ औँ स्मृति दिवस मनाइँदै छ । थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका–८, बुंकोटमा कार्यक्रम गरी शहीद थापाको स्मृति दिवस मनाउन लागिएको हो ।

२०५६ सालमा शहीदको सूचीमा राखेका थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते मात्रै प्रथम शहीदको औपचारिक मान्यता दिएको हो ।

वि.सं. १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उहाँका सहकर्मी जैसिं चूमि मगरलाई फाँसी दिई हत्या गरेका थिए ।

सरकारले लखन थापालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्न र लखन थापासँगै सहादत प्राप्त गरेका जैयसिं चूमि मगरलाई पनि शहिद घोषणा गर्नु पर्ने स्थानीय कृष्ण आलेले बताउनुभयो । यस्तै काठमाडौंको शहीदगेट र शहीदपार्कमा लखन थापाको शालिक राख्न र स्मृति प्रतिष्ठान गठन गर्न पनि स्थानीयले माग गरेका छन् ।

थापाले शहादत प्राप्त गरेको गोरखाको बुंकोट काहुले भंगारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न, त्यहाँ संग्रहालय र स्मृतिपार्क निर्माण गर्न, गोरखा सदरमुकामबाट मनकामना पुग्ने मोटरबाटोलाई लखन थापा मार्ग नामाकरण गर्नुपर्ने बुंकोटका स्थानीय बासिन्दाको माग छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया