MENU

राजनीति

Ncell Axiata

प्रदेश १ को मुख्यमन्त्री आज नियुक्त हुने

सुमन तिमल्सिना/उज्यालो ।

माेरङ, फागुन २ – प्रदेश १ को प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञाप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई बुधबार नियुक्त गर्ने जनाएको छ ।

बुधबार ३ बजे प्रदेश प्रमुखको कार्यालयले १ नम्बर प्रदेश मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्ने तयारी गरेको जनाएको छ । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने भन्दै शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए ।

पत्रकोे आधारमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो ।

उहाँका अनु्सार ३ बजे प्रेस विज्ञप्ति जारी गरी प्रदेशको मुख्यमन्त्री घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुखको सपथ ग्रहण भने भोलि गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया