MENU

मनोरञ्जन

Ncell Axiata

अभिनेता सैफ अलीकी छोरीको करियरमा लाग्यो ब्रेक

फागुन २ – अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरिरहेकी छिन् ।

तर, उनी अभिनित फिल्म ‘केदारनाथ’ नै मुस्कीलमा परेपछि साराको बलिउड यात्रा रोकिन सक्ने भएको छ । फिल्मका निर्माता र निर्देशक बीचमा मनमुटाब भएको छ । जसका कारण फिल्मको छायांकन नै रोकिएको छ । निर्माता र निर्देशक बीचको झगडाले फिल्मका सदस्यहरुलाई नोक्सान त भएको छ नै त्यो भन्दा बढी असर यहि फिल्मबाट डेब्यू गरिरहेकी सारालाई भएको छ ।

 

यस फिल्मका निर्देशक अभिषेक कपूरले फिल्मका अन्य सदस्यलाई जानकारी नै नदिएर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेपछि विवाद भएको हो । उनले फिल्मको पोष्टरमा फिल्मको प्रदर्शन मिति २१ डिसेम्बर २०१८ लेखेका थिए । निर्देशक कपूरले प्रोडक्शन हाउससँग यसरी बिना कुनै सहमति फिल्म प्रदर्शन मिति सार्वजनिक गरेपछि यस फिल्मका निर्माताले फिल्मको छायांकनलाई रोकिदिएका छन् । निर्देशकले लिखितरुपमा यसको स्पष्टिकरण दिए पछि मात्रै फिल्मको छायांकन सुरु गरिने बताइएको छ ।  

फिल्म ‘केदारनाथ’मा सारा अली खान र सुशान्त सिंह राजपुतलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । तर यस फिल्मको छायांकन कहिले सुरु हुनेछ भन्ने कुरा भने अनिश्चित नै छ । त्यसैले अब सारालाई बलिउडमा डेब्यू गर्नका लागि कुरेर बस्नु बाहेक अरु विकल्प छैन ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया