MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, फाल्गुन २ – प्रदेश नम्बर २ को मुख्यमन्त्रमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता मो.लालबाबु राउत नियुक्त हुनुभएको छ । बुधबार बिहान प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

फोरम संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्दै फोरम र राजपा नेपाल संयुक्त रुपमा मंगलबार प्रदेश प्रमुख कायस्थ समक्ष बहुमत पेश गरेको थियो ।

प्रदेश नम्बर २ मा एक सय ७ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार गठनका लागि  ५४ सांसद आवश्यक पर्छ । यस प्रदेशमा फोरमको २९ र राजपाको २५ गरी जम्मा ५४ सांसद पुग्छ । त्यसै अनुरुप प्रदेश २ मा सरकार बनाउन फोरम र राजपाले सहमति जनाएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि राउतले प्रदेश नम्बर २ लाई विकासको दृष्टिले समृद्ध र नमुना बनाउने प्रतिक्रिया दिनुभयो ।  मुख्यमन्त्री नियुक्तभएसँगै प्रदेश नम्बर २ मा मन्त्री परिषद् गठन गर्ने बाटो खुलेको छ । बिहीबार मुख्यमन्त्री राउतले सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राउत वीरगञ्जका स्थायीबासिन्दा हनुहुन्छ । गएको प्रदेशसभा चुनावमा उहाँ संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ को ‘ख’ बाट आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार सर्राफलाई झण्डै ३ हजार मतले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

राउत समाजवादी फोरमका पूर्व समानुपतिक सांसद र पार्टीका उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको जन्म पर्सा जिल्लाको साविक जगरनाथपुर ३ मा ०२३ साल असार १५ गते भएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया