MENU

समाज

ujyaalo forign call inside

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार

महोत्तरी,  फागुन   २ – महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा नदी किनारमा फालिएको अवस्थामा १ दिनको नवजात बालिकालाइ जीवितै उद्धार गरिएको छ । 

सोनमा गाउँपालिका वडा नंबर – ४ गुलरीया जाने बाटोमा रहेको रुपनी नदीको किनारमा फालिएको बालिकालाई बुधबार गाउँलेहरुको सहयोगमा मंगरथानाका प्रहरीले उद्धार गरेको हो ।

बच्चा फालिएको सूचनाको अधारमा उद्धार गरिएको मंगरथाना प्रहरी चौकीको इन्चार्ज मनोज कुमार पासवानले जानकारी दिनुभयो । अहिले बच्चालार्इ सोनमा गाउँपालिका वडा नम्बर ६ मंगरथानामा रहेको उप स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

बच्चा कसले फालेको भनेर खोजी भइरहेको प्रहरीले जानकारी दिएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया