MENU

समाज

Ncell Axiata

युएईमा कार्यरत पत्रकारले गरे आर्थिक सहयोग

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, फागुन २ – पत्रकार माया पकुवालको मृगौला प्रत्यारोपण गर्न युएईबाट एक लाख ४१ हजार ३० रुपैयाँ सहयोग गरिएको छ ।

पत्रकार महासंघ युएई शाखाको नेत्रित्वमा यहाँ कार्यरत पत्रकार, संघसस्था तथा व्याक्तिहरुबाट संकलन भएको रकम बिरामी पकुवालकै घरमा पुगेर बुधबार हस्तान्तरण गरिएको महासंघ युएई शाखाले जनाएको छ । 

पत्रकार महासंघ झापा शाखाकी सदस्य तथा भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकका सम्पादक पकुवालको दुई वटै मृगौला काम नलाग्ने भएका छन् । पकुवाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहनुभएको छ ।

युएईमा कार्यरत झापाली पत्रकार समूहले पत्रकार रुपेश अधिकारीको संयोजकत्वमा झण्डै १ महिना अघिदेखि पकुवालको लागि सहयोग अभियान चलाएको थियो । सोही समूहकै पहलमा झापा शाखाले आर्थिक सहयोगका लागि युएई शाखालाई अनुरोध गरेपछि दुवै समूह मिलेर सहयोग अभियान चलाएका थिए । 

झापाली समाज युएई, विश्वकर्मा समाज युएई, दाङ देउखुरी समाज युएई, प्रेस युनियन युएई, प्रेस सेन्टर युएई र स्याङ्जा सहयोग समाज युएईका साथै ५६ जनाले आर्थिक सहयोग गरेको अभियान संयोजक दिनेश आचार्यले बताउनुभयो । 

यसैबिच, पत्रकार पकुवालको सहयोगका लागि पत्रकार महासंघ झापा शाखाले पनि १ लाख ९ हजार ७० रुपैयाँ सहयोग गरेको छ । 

पकुवालको उपचारका लागि १२ लाख भन्दाबढि खर्च लाग्ने परिवारले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकाले उहाँलाई युएईबाट रकम संकलन गरी सहयोग गरिएकोे युएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया