MENU

खेल

ujyaalo forign call inside

​सन्दीपको बलमा छक्का हान्ने तारिकलाई करणले आउट गरे

काठमाडौं, फागुन २ –डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पाँचौ विकेट लिएको छ । 

हम्जा तारिक करण केसीको बलमा आरिफ शेखबाट क्याचआउट भएका हुन् । उनले ३० बलमा २ छक्काको मद्धतले २४ रन बनाएका थिए । 

१२ बलमा मात्रै ४ रन बनाएका हाम्जा तारिकले ३२ औ ओभरमा सन्दीपको बलमा १३ रन बनाएका थिए । उनले सन्दीपको बलमा दुई छक्का प्रहार गरे । पाँच ओभरमा मात्रै ७ रन खर्चेका सन्दीपले ३२ औँ ओभरमा १४ रन खर्चे । उनले ६ ओभर बलिङ गर्दै २ विकेट लिएर २१ रन दिएका छन् । 


यसअघि वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् । 

प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फकाईएदिएका हुन् । 

यसअघि सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ । 

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल क्यानडालाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । ३७ ओभरको समाप्तिमा क्यानडाले ५ विकेट गुमाई १३४रन बनाएको छ । 

नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा रहेकाले शीर्ष दुईमा रहन नेपाललाई जित्नै पर्ने दवाव छ । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएईमध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।

शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ । बुधबारको खेल जित्न नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया