MENU

राजनीति

Ncell Axiata

अख्तियारको प्रमुखमा नवीन घिमिरे

काठमाडौं, फागुन २ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेले बुधबारदेखि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको छ । 

सर्वोच्चले तत्कालीन प्रमुख आयक्त लोकमानसिंह कार्कीको नियुक्त बदरगरेपछि २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएका दीप बस्न्यातले उमेरहदका कारण मंगलबारबाट अवकाश पाएपछि अख्तियारमा घिमिरे कार्यवाहक बन्नुभएको हो । 

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०५३ को दफा २० को कानुनी व्यवस्था अनुसार नवीन घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको अख्तियारले जनाएको छ ।

घिमिरे २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो । आयोगबाट निर्वतमान प्रमुख आयुक्त दीप बस्न्यातलाई माघ २९ गते नै बिदाई गरिएको थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया