MENU

खेल

ujyaalo forign call inside

​डिभिजन टू : क्यानडाको ७ विकेट गयो, दत्त शून्यमै रनआउट भए

काठमाडौं, फागुन २ –डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ विकेट लिएको छ । 

वसन्त रेग्मीको बलमा एन दत्त शून्यमै आउट भएका हुन् ।  अब क्यानडाका लागि विजेरतने बाहेक कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका छैनन् । उनले ७ वटा चौकासहित ८९ रन बनाएर खेलिरहेका छन् ।

शरद भेषावकरले साद बिन जफरलाई क्यानडाको छैटौँ विकेटका रुपमा एलबीडब्लू आउट गराएका हुन् । जफरले १९ बलमा १० रन बनाए । 

यस्तै क्यानडाको पाँचौ विकेट करण  केसीले लिएका हुन् । हम्जा तारिक करण केसीको बलमा आरिफ शेखबाट क्याचआउट भएका हुन् । उनले ३० बलमा २ छक्काको मद्धतले २४ रन बनाएका थिए । 

वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् । 
प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फर्काइदिएका हुन् । 

यसअघि सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ । 

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल क्यानडालाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । ४४ ओभरको समाप्तिमा क्यानडाले ७ विकेट गुमाई १६० रन बनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया