MENU

राजनीति

ujyaalo forign call inside

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

काठमाडौं, फागुन २ – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ । 

ललितपुरको मानभवनमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो । निर्वाचन आयोगले बुधबार राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी गर्ने निर्णय पनि एमालेले गरेको छ । बहुमतको दावी गर्दै पार्टीकातर्फबाट राष्ट्रपतिलाई पत्र बुझाइने छ । 

बैठकमा माओवादीसँग पार्टी एकताको विषयमा भएका सहमतिबारे ओलीले स्थायी कमिटिका सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । सदस्यहरुले माओवादीसँग भएको भनिएको सहमतिमा सामान्य हेरफेर गर्ने सुझाव दिएका छन् । स्थायी कमिटिमा भएको छलफलका आधारमा अध्यक्ष ओलीले पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको अन्तिम अडान राख्नुहुनेछ ।

एकीकृत पार्टीकाे अध्यक्षता केपी शर्मा अाेली र प्रचण्डले अालाेपालाे गर्ने सम्भावना रहेकाे एमाले सचिव गाेकर्ण  बिष्टले जानकारी दिनुभयाे । त्यस्तै अहिले नै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा माअाेवादी हेडक्वार्टरकाे बैठक चलिरहेकाे छ ।

एमालेका स्थायी कमिटिको बैठक सकिएलगत्तै पार्टी एकता संयोजन समितीको बैठक पनि ललितपुरको मानभवनमा बस्दैछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया