MENU

समाज

ujyaalo forign call inside

गुल्मीमा भिरबाट खसेर एक जनाको ज्यान गयो

गुल्मी, फागुन २ – गुल्मीमा भिरबाट लडेर बुधबार एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनु भएको छ । 

शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन्दिरमा गएका अर्याल राति अबेरसम्म पनि घर नफर्किएपछि बुधबार बिहान उनका आफन्तहरुले खोज्दै जाने क्रममा उनलाई मृत अवस्थामा फेला पारेका थिए । उनी फेला परेको स्थानमाथि अग्लो भिर रहेको र त्यही भिरबाट खसेको कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताएका छन् । 

अर्यालको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएकाे छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया