MENU

राजनीति

Ncell Axiata

​प्रदेश २ का सभामुख यादवले लिए हिन्दीमा शपथ

शैलेन्द्र महतो/उज्यालो । 

धनुषा, फागुन २ – प्रदेश नम्बर दुईका सभामुख सरोजकुमार यादवले सपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार  उहाँलाई सपथ ग्रहण गराउनु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले हिन्दी भाषामा शपथ लिनुभएको हो । मंगलबार यादव सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । आज बसेको प्रदेश नम्बर २ को बैठकले त्यसलाई अनुमोदन गरेपछि प्रदेश प्रमुख कायस्थले  उहालाई सपथ ग्रहण गराउनु भएको हो । 

त्यस अवसरमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी हुनुहुन्थ्यो । यस्तै आज बसेको प्रदेशसभा बैठकले उपभामुखको निर्वाचनको कार्यतालिका निकाल्न रुलिङ गर्दै फाल्गुन ४ गते बस्ने निर्णय गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया