MENU

मनोरञ्जन

Ncell Axiata

मधुबालाः एउटा सरीका कारण टुटेको थियो दिल

फागुन २ – बलिउडकै सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको जन्म १९३३ फेब्रअरी १४ अर्थात आजकै दिनमा भएको थियो । मधुवालाले भारतीय सिने जगतमा अमिट छाप छोडेकी छिन् । आज पनि कयौं अभिनेत्रीहरु उनलाई आफ्नो रोलमोडल मान्दछन् । 

मधुवालाको बाल्यकालको नाम मुमताज जेहन बेगम हो । उनको अभिनय यात्रा बाल्य अवस्थामै सुरु भएको थियो ।  फिल्म ‘बसन्त’ मा एक बाल कलाकारको भूमिकामा अभिनय गरेसँगै यो कुरा तय भइसकेको थियो की उनको जन्म अभिनयकै लागि भएको हो  । 

बाल्यकालमै ज्योतिषले मुमताजका आमाबुवालाई यिनले जीवनमा धेरै सम्पत्ति आर्जन गर्नेछिन् तर यिनको जीवन दुःखमय हुनेछ भनेर भविष्यवाणी गरेका थिए ।बाल्यकालदेखि नै उनी केही सिनेमामा अभिनय तथा गीत गाएर आफ्नो फिल्मीयात्रा अगाडि बढाई रहेको थिइन् । मधुबालाको अभिनयबाट निकै प्रभावित भएर सिनेमाका एक कलाकारद्वारा उनको नाम मुमताज राखिएको थियो । मुमताजलाई निर्देशक केदार शर्माले पहिलो पटक सिनेमा ‘निलकमल’ मा हिरोइन बनाएका थिए । फिल्म ‘निलकमल’ मा राज कपुर उनका हिरो थिए । यही सिनेमाको अभिनयबाट मधुबालालाई ‘सिनेमा की सौन्दर्य देवी’ भन्न थालियो । उनलाई सबैभन्दा बढी लोकप्रियता फिल्म ‘महल’ बाट प्राप्त भएको थियो । 

फिल्म ‘महल’ को सफलतापछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । त्यो समयमा मधुवालाले स्थापित अभिनेताहरुसँग एकपछि अर्को गरी कयौं सिनेमामा काम गरिन् र धेरै सिनेमा सफल पनि भए । राज कपूर, अशोक कुमार, दिलिप कुमार, देवानन्द जस्ता स्थापित अभिनेतासँग मुमताजले काम गरिन् । यसैबीच उनका केही सिनेमा असफल पनि भए । असफलतामा पनि मधुबालाले हार मानिनन्  । मधुबालाका सन् १९५९ मा आएका सबै फिल्महरु फागुन, हावरा ब्रिज, काला पानी, चल्तीका नाम गाडी सुपर हिट भएका थिए । 

सन् १९६० मा जब ‘मुगल–ए–आजम’ रिलिज भयो । त्यसपछि यस फिल्मले मधुबालालाई एक अलग उचाइमा प¥याइदियो । जसमा ‘अनारकली’ को भूमिका उनको जीवनको महत्वपूर्ण भूमिका मानिन्छ । फिल्मको छायांकनका क्रममा उनको स्वास्थ्य निकै खराब थियो तर पनि उनले मेहनतका साथ काम गरेकि थिईन । यो फिल्म बन्नको लागि ९ वर्ष लागेको थियो । 

मधुवालाको जीवनको कुरा गर्दा दिलीप कुमार र मधुवालाबीचको सम्बन्धको कुरा नगर्दा सायद अधुरो नै हुन्छ । यि दुबैको प्रेम कहानी एक फिल्मको कहानी जस्तै गरि सुरु भयो र फिल्म जसरी नै अन्त्य पनि भयो । 

दिलीप कुमार मधुबालाको जीवनमा आउदा उनी केवल १७ वर्षकी थिइन । मधुवाला भन्दा २२ बर्ष जेठा दिलिप कुमारसंगको सम्बन्ध मधुबालाका बूवालाई स्वीकार्य भएन । यि दुईको प्रेम कहानीमा मधुबालाका बुवा खलनायक भए । मधुबालाका बूवा र दिलीप कुमारबीच मनमुटाव भयो ।  दिलीप कुमारले बधुबालालाई बिवाहको प्रस्ताव राखेका थिए । मधुबालाले पनि बिवाह गर्ने तर त्यस अघि दिलीप कुमारलाई उनका बुवासँग माफि माग्न भनेकी थिइन तर दिलीप कुमारले उनको त्यो कुरा मानेनन् । त्यसपछि मधुबालाले बिवाह गर्न मानिनन् र यि दुबैको बाटो अगल भयो । 

त्यसपछि मधुबालाले गायक किशोर कुमारसँग विवाह गरिन । उता दिलीप कुमारले अभिनेत्री सायरा बानुसँग विवाह गरे । मधुबालाले किशोर कुमारसँग विवाह गरिसके पछि  विरामी भइन । उनको मुटुमा प्वाल परेको थियो । औषधि उपचारले पनि काम नगरेपछि उनी लाचार भएर लामो समयसम्म आछ्यानमै भलिनु प¥यो । सन् १९६९ फेब्रुअरी २३ मा मधुबाला ३६ वर्षकै उमेरमा आफ्नो भूमिका निभाएर बिदा भइन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया