MENU

समाज

ujyaalo forign call inside

कसले गर्‍यो सप्ताहमा नक्कली नोट दान ?

केशवप्रसाद भट्टराई/उज्यालो । 

ताप्लेजुङ, फागुन २ हिमाली जिल्ला ताप्लेजुङमा नक्कली नोट फेला परेको छ । नेपाल बैंक लिमिटेडले नक्कली नोट फेला पारेको हो । 

जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा भागवत सप्ताह महाज्ञान यज्ञमा दान गरेको रकममा  ५ सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका खजान्सी दिपक भट्टराईले बताउनुभयो ।

दान गरेको रकम बैंकमा जम्मा गर्दा एउटा नोट फेला परेको भट्टराईले जनकारी दिनुभयो  । यो नोट कसले दान गरेको हो भन्ने थाहा नभएको बतार्ईएको छ ।  

अहिलेसम्म जिल्लामा नक्कली नोट फेला परेको थिएन । यो पहिलो पटक फेला परेको समेत उहाँले बताउनुभयो । तर नोट भने धेरै पुरानो भएको भट्टराईले जानकारी दिनुभयो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया