MENU

राजनीति

Ncell Axiata

भट्टद्वारा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश

नवराज पनेरु/उज्यालो ।

कैलाली, फागुन २ – माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । 

माओवादीसहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उहाँको मुख्यमन्त्रीको बाटो खुलेको हो । बुधबार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेशसभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन् ।

बुधबार बिहान प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आह्वान गरे लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुवै पार्टीका प्रदेशसभा सदस्यहरुको आफूलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाउनुभएको हो । यससँगै बिहीबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गराउन भन्दै बहुमतसहितको हस्ताक्षर पत्र बुझाउन माओवादी केन्द्रका नेता लेखराज भट्टसहित यसअघि मुख्यमन्त्रीका प्रबल दावेदार मानिएका नेताहरु वीररमान चौधरी, झपट बोहरालगायतका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुखलाई बहुमतसहितको दावीपत्र पेश गरेपछि संवाददाताहरुसँग बोल्दै बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुन लाग्नुभएका नेता त्रिलोचन भट्टले जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने बताउनुभयो । 

बिहीबार मुख्यमन्त्रीको नियुक्ती भएसँगै प्रदेश मन्त्रालयका मन्त्री चयनको प्रक्रिया पनि सुरु हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया