MENU

खेल

ujyaalo forign call inside

​डिभिजन टू : दिलीप नाथ ४१ रन बनाएर आउट, नेपालको तेस्रो विकेट गयो

काठमाडौं, फागुन २ –डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको नेपालले तेस्रो विकेट गुमाएको छ । 

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई दिलिप नाथले केही सम्हालेका थिए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए । 

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियाे । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया