MENU

खेल

Ncell Axiata

​डिभिजन टू : नेपालको ब्याटिङ धरमरायो, महत्वपूर्ण पाँच विकेट गयो

काठमाडौं, फागुन २ –डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको नेपालले पाँचौ विकेट गुमाएको छ । 

दिपेन्द्रसिंह ऐरी नेपालको पाँचौ विकेटका रुपमा ३८ बलमा एक चौकासहित १८ रन बनाएर आउट भएका छन् । उनलाई साद बिन जाफरले आउट गरे ।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भएका छन् । उनी साद बिन जाफरको बलमा एन आर किर्तनको हातबाट क्याचआउट भए ।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए । 

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए । 

अहिले २७ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदै ८६ रन बनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया