MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​फ्लोरिडाको विद्यालयमा गोली प्रहार १७ जनाको मृत्यु, अन्य घाइते

फागुन ३ – अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा गोली चलेको छ ।

प्रहरीका अनुसार फ्लोरिडाको पार्कल्याण्डमा भएको उक्त घटनामा १७ जनाको ज्यान गएको छ । प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

उनी त्यस विद्यालयबाट निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको जनाइएको छ । क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको बीबीसीले जनाएको छ ।घटना भएको उक्त विद्यालय प्रहरीले नियन्त्रण लिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले ट्वीट गर्दै मृतकका परिवाप्रति समबेदना प्रकट गर्नुभएको छ ।

घटनामा दर्जनौं घाइते भएको जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया