MENU

खेल

Ncell Axiata

​लिभरपुलको जितमा मानेको ह्याट्रिक

फगुन ३ – लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले हराएको छ ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरे । खेलको २५ आैं मिनेटमा मानेको गोलसँगै अग्रता बनाएको लिभरपुलका लागि २९औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरे । खेलको ५३ आै‌ं मिनेटमा पुन मानेले टिमका लागि तेस्रो गोल गरे ।

त्यसपछि ६९ औं मिनेटमा रोबेर्टो फेरमिनोले गोल गरेपछि लिभरपुलले चार शून्यको अग्रता बनायो । ८५ आंै मिनेटमा पुन मानेले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । जितसँगै लिभरपुल क्वार्टरफाइनल नजिक पुगेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया