MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘नाका’मा यसरी जन्मियो विपिनको हेयर स्टाइलसहितको क्यारेक्टर

काठमाडौं, फागुन ३ – अमित श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘नाका’  फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

सिनेमामा विपिन कार्की, थिन्ले लामा,रविन तामाङ, शिव मुखिया, प्रकाश गन्र्धव , सुजन थापा मगर, राम भजन कामत, अभिषेक सुवेदी र केशव  राईलगायतका कलाकारहरु रहेका छन् ।

सिनेमाका निर्माता प्रविन टक्की कार्कीले  हुन भने यसका लेखक अभिषेक सुवेदी हुन ।  प्रस्तुत छ निर्देशक र लेखकसँग गरिएको सिनेमा गफ । 

‘नाका’ १७ गतेबाट उपत्यका बाहिर र फागुन १८ बाट उपत्यकामा रिलिज हुदै छ । किन रिलिज डेट दुईवटा राखिएको ?

निर्देशक श्रेष्ठ : हामीले होली स्पेशल भनेर रिलिज गर्न लागेका हौ । त्यसकारण १७ गते चाहिं काठमाण्डौमा होली पर्छ अनि तराईमा  १७ गते रिलीज गर्न लागेका हौं । भोलि पल्टि अर्थात १८ गते तराईमा होली  हुन्छ । त्यसकारण त्यो दिन काठमाण्डौमा रिलिज  गर्न लागेका हौं । होली दुई दिन भएकाले फिल्म रिलीज हुने डेट पनि दुईवटा नै राख्यौं ।

नाकामा के छ ?

लेखक सुवेदी  : जहाँ चाहिं चाइनाले अतिक्रमण गरेपछि तिब्बतियनहरु भगेर धर्मशाला बस्न जानेको लर्को हुन्छ । नेपालको जुनजुन ठाउँहरुबाट छिर्न मिल्छ त्यहीबाट डाँडाको बाटो, हिउँको बाटो भएर पनि जान्छन्  । त्यसैमध्यको सिन्धुपाल्चोकको सेरेफेरोबाट उता जाने तिब्बतियन नागरिकहरुलाई त्यही सेरेफेरोको ट्रान्सपोर्टरहरुले नेपालको बाटो कटाइदिने गर्छन् । यहि कथालाई समाबेश गरिएको छ ।

यसमा विपिन कार्कीको भूमिका कस्तो छ ?

लेखक सुवेदी  : विपिन कार्की यसमाट्रान्सपपोर्टरको भूमिकामा हुनुहुन्छ ।

विपिनलाई नै  लिनुको कारण ?

निर्देशक श्रेष्ठ  : सबैलाई थाहा छ विपिनको बारेमा त उसको क्यारेक्टर वाइज छुट्टै पहिचान छ  ।  फेरी उसंग मपहिला देखिनै काम पनि गरिराखेको हो । अर्को कुरा उसको कलाकारिता र अभिनयले मलाई एकदम इम्प्रेस गरेको थियो । त्यसकारण मैले विपिनलाई लिएको हो ।

‘नाका’मा नै गएर छायाँकन गर्नुपर्ने गाह्रो अप्ठेरो वा रमाइलो के भयो ?

निर्देशक श्रेष्ठ : छायांकनका बेला अप्ठेरो , रमाइलो सबै हुन्छ होइन  । खासगरी म पनि बाह्रबिसेमानै जन्मिएको  । त्योठाउँमा मैले पहिलेदेखिनै यो कथा देखेको छु भोगेको छु  । त्यसकारण म स्थानीय बासिन्दा भएको कारण पनि खासै अप्ठेरो चाहिं भएन । हामी संग एउटा राम्रो समूह थियो एकअर्कालाई सहयोग गर्ने खालको त्यसकारण पनि अप्ठेरो झेल्नुपरेन ।

अभिषेकजी तपाईँ चाहिँ ‘नाका’मा कलाकारको भूमिकामा पनि हुनुहुन्छ ?

लेखक सुवेदी : हजुर एउटा सानो भुमिकामा छु । म  चाहिं दबाई पसले हो । आफू पनि खान्छु अरुलाई पनि दबाई बेच्छु ।

विपिनको हेयर स्टाइल कसरी जन्मियो ?

निर्देशक श्रेष्ठ  : स्टोरी लेखनको क्रमदेखिनै विपिन र हामीसँगै थियौं । त्यसैबेलादेखिनै क्यारेक्टरमाा हामीले रिर्सच गर्न थाल्यौं । स्थानीय बासिन्दाहरुसँग विपिनलाई घुलमिल गरायौं । क्यारेक्टरहरु स्टडी गर्न लगायौं । त्यही क्रममा त्यहा एउटा भाई थियो त्यस्तै हेयरस्टाइल गरेको अनि उसलाई नै क्लिक गर्यौ ।

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया