MENU

मनोरञ्जन

ujyaalo forign call inside

फ्राइडे सिनेमा : ‘कान्छी’ एक्लै प्रदर्शनमा

काठमाडौं, फागुन ४ – शुक्रबार नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘कान्छी’ मात्रै प्रदर्शनमा आएको छ ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’मा लामो समयपछि चलचित्रमा आएकी नायिका स्वेता खड्कासँगै दयाहाङ राई, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासीयालगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने नायिका स्वेता खड्का चलचित्रकी निर्मात्री हुन् ।

प्रदर्शन अघि नै यस चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतले निकै लोभलाग्दो सफलता पाइसकेको छ । गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका छन् ।

यो साता बलिउड तथा हलिउड चलचित्र प्रदर्शनमा आएका छैनन् । त्यसैले पनि घरेलु चलचित्र ‘कान्छी’ले निकै सफलता हात पार्ने चलचित्र विश्लेषकहरुको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया