MENU

बातावरण-कृषि

ujyaalo forign call inside

कृषि ​वन श्रोत केन्द्रको पहलमा कफी निर्यात कार्यक्रम सुरु

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, फागुन ७ – सोलुखुम्बुको दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने देउसा कृषि वन श्रोत केन्द्र थुलुङले यस वर्ष करिब तीन हजार किलो कफी निर्यात गर्ने भएको छ । केन्द्रले आफ्नो क्षेत्रका कृषकहरुबाट कफी संकलन गरी अन्य निर्यात गर्नेभएको हो ।

यस वर्ष २ सय १० किलो कफी निर्यात गरिसकेको केन्द्रका कृषि प्राविधिक केशव राईले जानकारी दिनुभयो । राईका अनुसार अहिले कफी संकलनको काम भइरहेको छ । गुणस्तरको आधारमा कफीको मूल्य प्रति केजी २ सय देखि ४ सय रुपैयाँसम्म कृषकलाई दिइएको राईले बताउनुभयो ।

केन्द्रले कफीको मूल्य गुणस्तर मापन गरेर निर्धारण गर्ने जनाएको छ । हावापानी, त्यसको प्रशोधनमा प्राविधिक ज्ञानको कमी हुँदा गुणस्तरमा कमी आएको कृषि वन श्रोत केन्द्र देउसाका अध्यक्ष तिलक राईले बताउनुभयो ।

जिल्लाको देउसा, पावै, जुबु, नेचा, काँगेल, पञ्चन, मुक्लिलगायतको क्षेत्रमा यसको सम्भावना रहेको कृषि प्राविधिक राईले बताउनुभयो । समुद्र सतहको ८ सय देखि १६ सय मिटरको उचाइमा कफी खेती गर्न सकिने राईको भनाई छ ।

पछिल्लो समय कफी खेतीतर्फ कृषकहरु आकर्षित भएका बन्दै गएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया